काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाले सिमांकनको विषयलाई लिएर मुलुकमा जारी आन्दोलन र हड्तालका कारण सघर्ष र वलिदानवाट प्राप्त भएको लोकतन्त्रनै गुम्ने र मुलुकनै नरहने अवस्था सृजना भएको बताएका छन् ।
सर्लाहीका विभिन्न राजनीतिक दलहरुले वुझाएको ज्ञापनपत्र लिदै प्रधानमन्त्री कोइरालाले राजनीतिक अस्थिरताका कारण मुलुकमा स्थायीत्व आउन नसकेकोमा दुःख ब्यक्त गरे ।
उनले लोकतन्त्रलाई संस्थागत गर्न अहिल ठुलो अवसर प्राप्त भएकोले यसलाई कुनै हालतमा पनि गुमानउन नहुने बताए ।
सवैको भावनालाई समेट्ने गरि संविधान ल्याइने वताउदै प्रधानमन्त्री कोइरालाले सवै आन्दोलनका कार्यक्रमहरु स्थगित गरि सहयोग गर्न अपिल गरे ।
संघर्षले गर्दा लगानीको वातावरणपनि गुम्दै गएकोप्रति दुःख व्यक्त गर्दैै प्रधानमन्त्री कोइरालाले प्राकृतिक श्रोत र साधनको उपयोग गरि गरिवी निवारण गर्न सवैको पहल आवश्यक रहेको बताए ।
सर्लाहीका राजनीतक दलहरुले पाँच प्रदेश सहितको संघीयताको माग गरेका छन् । यसैगरि बुधबार प्रधानमन्त्री कोइरालालाई राष्ट्रिय एकता मञ्चले नेपालको सिमाना र क्षेत्रफल उल्लेख गरि संविधान जारी गर्न सुझाव दिए ।
यस्तै बुधबार फरवार्ड कम्यूनिटि माइक्रो फाइनाइन्सले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख र काठमाण्डौं डेभलप्मेन्ट वैंकले ७ लाख वरावरको रकम हस्तान्तरण गरेको छ । इमेजखबरमा समाचार छ ।