गुन्डा नाइके कुमार लामा घैंटे प्रहरीसँगको मुठभेडमा मारिए

काठमाडौं । गुन्डा नाइके कुमार लामा घैंटे प्रहरीसँगको मुठभेडमा मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित रानीबारीमा विहीबार दिउँसो प्रहरीसँगको मुठभेडमा घैंटे मारिएका हुन् ।
गोली प्रहारबाट घाइते भएका घैंटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । घटनास्थलबाट घैंटेले प्रयोग गरेको अवैध पेस्तोल प्रहरीले बरामद गरेको छ । घैंटे समूहका अन्य दुईजनालाई पनि गोली लागेको छ ।
गोली लागि गम्भीर घाइते भएका उनीहरुको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले घैंटे समूहका अरु ७ जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नियमित सर्चको काम गरिरहँदा कुमार घैंटेको टोलीले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा घैंटेको मृत्यु भएको बताए ।
घैटेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । विभिन्न आपराधिक घटनामा संलग्न घैंटे प्रहरीको