बर्दिया । बर्दियामा बन्दको विरोधमा विद्यार्थी तथा व्यापारीहरु विहीबार सडकमा उत्रिएका छन् ।
लगातारको बन्दले विद्यार्थीको पठनपाठन बर्बा भएको र नागरिकहरुको दैनिकीसमेत चौपट भएको भन्दै बन्दको विरोधमा प्रदर्शन भएको हो ।
सडकमा उत्रिएका विद्यार्थी, व्यापारी र सर्वसाधारणले अब बन्दको प्रतिकार नै गर्ने बताए ।
बन्दका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थीहरुले केहीबेर सडकमै पढेका थिए । इमेजखबरमा समाचार छ ।