एकीकृत माओवादी पुन: फुटको संघारमा ! पूर्व एकताकेन्द्रका नेताहरु अमिक शेरचन, आहुती, लीलामणि पोख्रेल अलग

काठमाडौं । एकीकृत नेकपा माओवादीमा आवद्ध पूर्व एकताकेन्द्रका नेताहरुले अलग्गै भेलाको आयोजना गरेर एमाओवादी पार्टी अब कम्युनिष्ट पार्टी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरुले समाजवादका निम्ति बैचारिक अभियान नामबाट नयाँ पार्टी पुनर्गठनको प्रक्रिया थाल्ने भएका छन् । अन्लाईनखबरमा समाचार छ । 
अन्लाईनखबर । 
काठमाडौंको सोल्टीमोड नजिकै रहेको एक कलेजमा शनिबार पूर्व एकताकेन्द्रका नेताहरुले एरिया कमिटी स्तरीय छुट्टै भेलाको आयोजना गरेका थिए । सो भेलामा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गिरीराजमणि पोखेरलबाहेक पूर्व एकताकेन्द्रका करिब १ सय नेता कार्यकर्ताको सहभागिता थियो ।
भेलामा केन्द्रीय नेता अमिक शेरचन, आहुती, लीलामणि पोख्रेल, डीआर पौडेल, पेशल खतिवडा, सन्देश पौडेल, प्रकाश पौडेल, अञ्जना बिसंखे, घनश्याम शर्मा पौडेल दिनेश पन्थी, जागृत रायमाझी लगायत एक सय जनाको उपस्थिति थियो ।
भेलामा एमाओवादी नेता आहुतीले अब यो पार्टी रुपान्तर हुने सम्भावना ९९ प्रतिशत सकिएको बताए ।
९९ प्रतिशत अब यो पार्टी रुपान्तरण हुँदैन, अब यो कम्युनिस्ट पार्टी बन्न सम्भव छैन, भेलामा आहुतीले भने, अब हामीले यहाँ भित्र रहेका सबै क्रान्तिकारीलाई गोलबन्द गरेर नयाँ ढंगले अघि बढ्नुपर्छ, प्रचण्ड बाबुराम कोहीबाट हुँदैन, हामीले नै पहलकदमी लिनुपर्छ ।
पार्टीभित्र अब पूर्व एकताकेन्द्र लगायतका पुराना गुट सम्भव नभएको भन्दै आहुतीले नयाँ ढंगले अघि बढ्नुपर्ने भेलामा बताए ।
त्यसैगरी अर्का नेता लीलामणि पोख्रेलले माओवादीसँग पार्टी एकता भएको तीन महिनामै आफूले यो पार्टीले गरी खाँदैन भन्ने निश्कर्ष निकालेको भेलामा सुनाए । उनले यस्तो भेला पहिल्यै गर्नुपर्थ्यो भन्दै अहिले ढीलो भइसकेको बताए ।
अर्का नेता अमिक शेरचनले पार्टीभित्रको आर्थिक अनियमितता छानविनबारे बताउँदै त्यसको वास्तविकता बाहिर ल्याएको भए एमाओवादीमात्रै नभई कम्युनिष्टप्रति नै जनताको घृणा जाग्ने अवस्था देखेकाले आफूले विवरण बाहिर न्ल्याएको बताए । उनले युवाहरुलाई अघि बढ्न आग्रह गर्दै आफूले साथ दिने बताए ।
स्रोतका अनुसार भेलामा प्रचण्डलाई अझैसम्म सुधारेर जान सकिन्छ भने सुधार्ने प्रयास गर्नुपर्ने केहीले बताएका थिए । केहीले चाँहि बाबुराम भट्टराईसँग एकता गरेर जानुपर्ने विचार राखेका थिए । केही युवा नेताले विप्लवसँग मिल्नुपर्ने विचार राखेका थिए ।
भेलामा प्रत्येकलाई ५/५ मीनेट आफ्ना विचार राख्न दिइएको थियो । सहभागीमध्ये अत्यधीक बहुमतको विचार चाँहि एमाओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाउन ढीलो भइसकेको राय व्यक्त गरेका थिए ।  भेलाले तत्कालका लागि पार्टीभित्र