मधेसी फोरम लोकतान्त्रिकसहित तीन दलद्धारा संविधानसभा बैठक बहिष्कार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित अन्य तीन दलले आइतबारको संविधानसभा बैठक बहिष्कार गरेका छन्।
फोरम लोकतान्त्रिकका जीतेन्द्र नारायण देवले अहिले देश क्रान्ति र प्रतिक्रान्तिको दोसाधमा उभिएको अवस्थामा आफ्नो दलसहित शरदसिंह भण्डारी र राजकिशोर यादवको दलले संविधानसभा बैठक बहिष्कार गरेको बताए।
आफ्नो दलका नेता जो चार दलको नेताको बैठकमा उपस्थित भएर हस्ताक्षर गर्दै पहिचान र सामर्थ्यतालाई सम्बोधन गर्ने भनि १६ बुँदे सहमति गरेका थिए अहिले विजयकुमार गच्छदार सदनमा उपस्थित नभएर के सन्देश दिएको छ?, उनले प्रश्न गरे।
फोरम लोकतान्त्रिकले राष्ट्रिय जिम्मेवारीका लागि आफ्नो भूमिका निर्माण गरेको भन्दै उनले अब पहिचान र सामार्थ्यमा आधारित संघीयता बनाउने कुरामा आज हामीलाई विश्वास घात गरिएको बताए।