नारावाजीका बीच मस्यौदा समितिका समितिको प्रतिवेदन संविधानसभाको बैठकमा पेश

राप्रपा नेपालको नारावाजीका बीचमा नै मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले समितिको प्रतिवेदन पेश गरेका छन्। 
आइतबार साँझ संविधानसभाको बैठकमा सिटौलाले प्रतिवेदन पेश गरेका हुन्। आइतबार संविधानसभामा प्रतिवेदन पेश गर्दै सिटौलाले नेपाली जनताले आफ्ना प्रतिनिधि मार्फत आफ्नो संविधान बनाउने अन्तिम विन्दुमा उभिएको बताए। अनेकौं मतभेदका बाबजूद ८ वर्षसम्म पनि देश र जनताले संविधान पाउन नसकेको बताए।
 पहिलो संविधानसभाले चार वर्षमा पनि बनाउन सकेन र अहिले पनि माघ ८ मा पनि सकिएन। अहिले अनेकौ मतभेदका बाबजूद संविधान बनाउने क्रममा आइपुग्दा केही दल संविधानसभा बाहिर गएको र केही भित्रै नाराबाजी गरीरहेका छन्। सबैलाई सदनभित्रै बसी सहमति कायम गरी एक ठाउँमा बस्न आग्रह गर्छु, प्रतिवेदन पेश गर्दै उनले भने।
जनताको मत लाई सम्मान गरी आउने सबै दल र सभासदले त्यसको मर्म अनुसार सदनभित्रै बसी छलफल र शान्तपूर्वक सहमति कायम गरी संविधान बनाउन आग्रह गरे।
हामीले दुनियाँलाई देखाउनु छ कि हामी आफै संविधान बनाउन सक्छौ। बाहिर गएर हुँदैन। नेपालको अस्तित्ववाद भन्दा ठूलो कुनै दुनियाँको वाद हुन सक्दैन भन्दै अब नेपालमा राजतन्त्र आउँदैन र गणतन्त्रबाट पछि हट्न नसक्ने भन्दै कुनै तागतले यो कुरा व्यूताउन नसक्ने बताए।
त्यसपछि सभाध्यक्षले मस्यौदामाथि सैद्धान्तिक छलफलका लागि भदौ ९ गते बिहान ८ बजेदेखि शुरु हुने बताए। सेतोपाटीमा समाचार छ ।