प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन्।
विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई नियुक्ति गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए।
उपकुलपतिविहीन भएका मुलुकका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालालाई सिफारिस गरेको थियो । रासस