जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार पनि टीकापुरमा निषेधाज्ञा जारी गरेको छ ।
आइतबार राती ८ बजेबाट सोमबार बिहान ५ बजेसम्म लगाइएको कफ्र्यु हटाएसँगै निषेधाज्ञा जारी गरिएको हो ।
अखण्ड पक्षधर र थरुहट पक्षधरबीच गत शुक्रबारदेखि पटक पटक भएको झडपले तनाव सिर्जना भएपछि प्रशासनले लगातार राती कफ्र्यु र दिउँसो निषेधाज्ञा जारी गर्दै आएको छ ।
निषेधाज्ञामा कुनै पनि प्रकारको सभा, सम्मेलन र -याली गर्न तथा समुहमा बस्न रोक लगाइएको छ । शुक्रबारदेखि नै टीकापुर र आसपासका गाविसमा स्थिति तनावग्रस्त छ ।
त्यहाँ ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । उता, बाँकेको नेपालगञ्ज भित्रका केही स्थानमा समेत स्थानीय प्रशासनले आइतबार राती ८ बजेबाट लगाएको निषेधाज्ञा सोमबार पनि जारी राखेको छ ।
नेपालगञ्जमा बन्दकर्ता र प्रहरीबीच पटक पटक झडप भएपछि स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो ।
दश दिनदेखि बन्द आह्वान गरेको मधेशबादी दल र बन्दको प्रतिकार गर्न उत्रेका स्थानीयबीच झडप हुन थालेपछि प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांस स्थानमा निशेधाज्ञा जारी गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकास लेखकका अनुसार उपमहानगरको रांझा चोक देखि दक्षिण, फुल्टेक्रा देखि पश्चिम, नन्दनी मिलदेखि पूर्व र जमुनाहादेखि उत्तरको नगर क्षेत्रमा निषेधाज्ञा लागु हुने छ ।
यि क्षेत्रमा सभा, सम्मेलन र