कैलालीमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच आज दिउँसो भएको झडपका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मीको मृत्यु भएको नेपाल टेलिभिजनले जनाएको छ।
पहिलोपोष्टमा समाचार छ । स्थानीय गोदावरी एफएमका स्टेसन म्यानेजर गोविन्द रोस्याराका अनुसार विगत तीन चार दिनदेखि यहाँ राति कर्फ्यु लाग्ने र बिहान र दिउँसो निषेधाज्ञा लगाइँदै आएको थियो। यसै क्रममा आज घरेलु हतियारसहितका थरुहट आन्दोलनकारीले निषेधाज्ञा तोड्दै प्रदर्शन गर्ने क्रममा झडप भएको उनले बताए।
‘टिकापुर ब्लक नम्बर ९ स्थित मनुवा गाविसको करुणा बोर्डिङ स्कूल नजिकै दिउँसो साढे दुई बजे झडप भएको भन्ने खबर आएको छ’, उनले भने, ‘स्थानीय पत्रकारहरुले धनगढी गुल्ममा कार्यरत एसएसपी लक्ष्मण न्यौपानेको मृत्यु भएको बताएका छन्। अहिले टीकापुर अस्पतालमा भिडभाड छ। ‘ एसएसपी न्यौपाने गत वर्षमात्रै सरुवा भएर सेती पुगेका थिए।
मृत्यु हुने अरु प्रहरीमा निरीक्षक बलराम विष्ट, निरीक्षक केशव बोहरा र जवान लोकेन्द्र चन्दको नाम खुलेको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीले मनुवा गाविसमा सशस्त्र, नेपाल प्रहरी र घुसपैठ भएका व्यक्तिहरुबीच भिडन्त साढे तीन बजेसम्म पनि भइरहेको भन्ने जानकारी दिए। ‘धनगढीमा हल्लै हल्ला छ,’ उनले पहिलोपोस्टलाई भने, ‘कति जना हताहत भए भन्न सक्दैनौँ। तर पुलिसलाई जिउँदै जलाए भन्नेसम्मका हल्ला छन्।’ केही दिनदेखि त्यहाँ तनाव भइरहेको थियो। हिजो थरुहट र अखण्ड पक्षधरबीच जिल्ला प्रशासन कार्यालयमा सद्भाव कायम राख्ने सहमति भएको थियो। सीमाङ्कनको विरोधमा त्यहाँ विगत केही दिनदेखि प्रदर्शन हुँदै आएको । पहिलोपोष्टमा समाचार छ ।
संचारमाध्यममा प्रकासित समाचार अनुसार कैलालीको टीकापुरमा थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा परी केही सुरक्षाकर्मी र केही आन्दोलनकारीको मृत्यु भएको आशंका गरिएको छ ।
कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो ।
समाचार अनुसार आन्दोलनकारीले केही सुरक्षाकर्मीलाई आगो लगाएर हत्या गरेको बताए पनि पुष्टि भएको छैन । डीएसपी विश्वराज खड्काले धनगढीबाट भने- दुई इन्स्पेक्टर वेपत्ता भएका छन् । तीन जना प्रहरी हताहती भन्ने आएको छ । तर, पुष्टि भएको छैन ।