सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएको समाचार प्राप्त भएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले भने – १७ प्रहरी र ३ जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। ठकुरीले आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताए। संचारमाध्यममा समाचार छ ।
कैलालीकाे टीकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित २० जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ । ईकन्तिपुरमा समाचार छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका डिएसपी अजय छत्कुलीका अनुसार भने अहिलेसम्म सशस्त्र प्रहरी हवल्दार रामविहारी थारु र ललित साहुको मात्रै मृत्यु पुष्टि भएको छ । उनले सशस्त्र प्रहरीतर्फ हताहती यकिन नभएको बताए । ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।
मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् । उनीहरुलाई भालालगायतका हतियारले प्रहार गरिएको बताइएको छ ।
नेपाल प्रहरीका सुदूर पश्चिम डिआइजी रामकुमार खनालले करिब १:४५ तिर प्रदर्शनकारीहरु निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि घटना भएको बताउँदै घाइतेको उद्दारमा व्यस्त भएकाले हताहतीको संख्या यकिन नभएको बताए ।
यसैबीच, सोमबार साँझ गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी ६ जना नेपाल प्रहरी २ जना सशस्त्र प्रहरीको मृत्यु भएको बताएको छ ।
नेपाल प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले स्थिति अत्यन्तै तनावग्रस्त भएको र नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८-१० जना सम्पर्कमा नआएको बताए ।
……………….
कैलालीको टीकापुरमा थरुहट पक्षधर र प्रहरीबीच भएको भिडन्तमा प्रहरी एसएसपीसहित ६ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका डिअाइजी हेमन्त पालका अनुसार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने र दुईजना इन्सपेक्टर केशव बाेहरा र बलराम बिष्टसहित एक हवल्दार एक सिपाहीको मृत्यु भएको छ । एक हवल्दार सहित सशस्त्र प्रहरीका ३ पनि मृत्यु भएको छ । यस्तै प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ ।
प्रशासनले जारी गरेको निशेधित क्षेत्र तोडेर सभा गर्न खोजेका थरुहट कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको थियो । भीडन्त टिकापुर र दुर्गाैली क्षेत्रमा भएको हो । तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि कैयाै हताहत भएको बताएका छन् । प्रदर्शनकारी तर्फ ३ जना सिकिस्त भएको र अन्यलाई पनि अस्पताल पुर्याइएको छ ।
यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्ने तयारी भइरहेको छ । गृहमन्त्रालयमा सुरक्षाा समितिको आकस्मिक बैठक अहिले चलिरहेको छ ।
काे हुन् एसएसपी न्यौपाने ?
एसएसपी न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर चन्द्रगढि, झापा हो । हाल श्रीमती र एक छोराऽ एक छोरी सहित काठमाडौं सिनामंगल बस्दै आएका थिए । ईकन्तिपुरमा समाचार छ ।