कैलाली, सर्लाही र रौतहटलाई दंगा ग्रस्त क्षेत्र घोषणा,सेना परिचालन गर्न निर्देशन

 गृहमन्त्री वामदेव गौतमको अध्यक्षमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही र रौतहटलाई दंगा ग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
टीकापुर घटनापछि बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखको उपस्थिति थियो ।
देशैभरी सेना परिचालन गर्न सुरक्षा परिषद्ले निर्ण गर्नुपर्ने भए पनि केही क्षेत्रमा मात्रै सेना परिचालन गर्न सुरक्षा समितिले निर्णय गर्नसक्छ । ईकन्तिपुरमा समाचार छ।