टीकापुर घटनापछि सम्पर्कबिहीन भएका सशस्त्र प्रहरीको उग्रतारा गण, टिकापुरका गणपति एसपी सम्पर्कमा आए

टीकापुर घटनापछि सम्पर्कबिहीन भएका सशस्त्र प्रहरीको उग्रतारा गण, टिकापुरका गणपति एसपी लक्ष्मणबहादुर सिंह सम्पर्कमा आएको एक एआइजीले जानकारी दिएका छन् ।
मद्दती फौज पनि आएकाले उनीहरुलाई छुट्याएर गणका सशस्त्र प्रहरीलाईमात्र सामेल गराई गणना गरिदैछ । 
त्यसपछिमात्रै हराएकाको संख्या यकिन हुने उनले बताए । ईकान्तिपुरमा समाचार छ ।