कैलाली – सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।
पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले भने, दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ। पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
सोमबार कैलालीको टीकापुरमा अान्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको अमानवीय ढंगले हत्या गरेका थिए। नागरिकन्युजमा समाचार छ ।
शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै कैलालीका प्रजिअलाई फिर्ता बोलाइयो
जिल्लाको शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकार राजकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
घटनाबारे अपुष्ट समाचार सार्वजनिक गरेको, घटनाको परिस्थिति हेरेर तत्काल आदेश नदिएकोे, स्थानीय प्रशासनको लापरवाहीमा ठूलो क्षति भएको निष्कर्ष निकाल्दै काठमाडौं फिर्ता बोलाउने निर्णय गरेको गृहले जनाएको छ।
प्रजिअ श्रेष्ठ एसएसपी लक्ष्मण न्यौपानेकोको शव बोकेको हेलिकप्टरसँग काठमाडौं आउने गृह मन्त्रालयले जनाएको छ । फिर्ता बोलाउने निर्णय भइसकेको छैन, गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, निर्णय भएपछि थाहा पाइहाल्नु हुन्छ। नागरिकन्युजमा समाचार छ ।