कैलाली घटना प्रति दुःख ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीद्धारा सबैलाई संयम अपनाउन र शान्ति कायम राख्न सबैसँग अनुरोध

नेपालको कैलाली जिल्लामा भएको घटना प्रति दुःख ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई संयम अपनाउन र शान्ति कायम राख्न सबैसँग अनुरोध गरेका छन्।
मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार बिहानै टेलिफोन गरेर उक्त कुरा बताएका हुन्। भारतीय परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार, मोदीले सबै पक्षसँग हिंशा प्रयोग नगर्न र सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेका छन्।
संविधान लेखनका क्रममा प्राप्त गर्दै गरेको ऐतिहासिक कदमको पनि प्रशंसा गर्दै उनले वार्ताबाट समाधान निकाल्न र समाजका सबै तप्कालाई विश्वासमा लिन पनि अनुरोध गरेका छन्।
मोदीले नेपालको सुरक्षाका लागि छिमेकीको रूपमा भारतले आफूले सक्ने सबै कदम लिन तयार रहेको संदेश पनि दिएका छन्। सेतोपाटीमा समाचार छ ।