प्रदेशहरुको सीमांकनको विषयलाई लिएर विभिन्न जिल्लामा विरोध कायमै, नवलपरासीमा गोली चल्यो

नवलपरासी  । प्रदेशहरुको सीमांकनको विषयलाई लिएर बुधबार पनि देशका विभिन्न जिल्लामा विरोध कायमै छ ।
संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा प्रदर्शन भइरहेको छ ।
बुधबार दिउँसो नवलपरासीको सदरमुकाम परासीमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले चलाएको गोली लागि स्थानीय विहडी धोवी घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवा लगिएको छ ।
प्रदर्शनकै क्रममा गोलीको छर्रा लागेर रामग्राम नगरपालिका