टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार

कर्फ्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा कैलालीको दुर्गौलीमा एक जना घाइते भएका छन्। 
सुरक्षाकर्मीले चलाएको गोली लागेर कैलाली फलेविसनका जगत देवकोटा गम्भिर घाइते भएका हुन्। 
सोमबारको टिकापुरमा भएको हिंसात्मक झडपपछि कैलालीका विभिन्न ठाउँमा कर्फ्यु लगाइएको छ भने सेना समेत परिचालन गरिएको छ। – सेतोपाटीमा समाचार छ ।