नुवाकोट । नुवाकोटको गोर्स्याङ र सामरी गाविसमा गएको छुट्टाछुट्टै पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । गोस्र्याङ गाविस-२ गएको पहिरोमा परी पाँच जना र सामरी गाविसमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको हो ।
गोर्स्याङ गाविसस्थित ढुंगाखानीमा गएराति पहिरो जाँदा दुईवटा घर पुरिएका छन् । पहिरोमा परी मृत्यु हुनेमा सोमबहादुर तामाङ, उनकी श्रीमती सुकुमाया तामाङ, फुर्कुमाया तामाङ, केशवबहादुर तामाङ र पूर्णबहादुर तामाङ रहेका छन् ।
घटनास्थलमा प्रहरी र स्थानीयबासिन्दाले उद्दारको प्रयास गरिरहेको भए पनि पहिरो गइरहेका कारण कठिनाई भएको छ । पहिरोमा पुरिएका ६ जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । पहिरोमा पुरिएकाहरुको उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ गएको छ ।
यसैबीच गएराति नै नुवाकोटको सामरी गाविस-७ मा गएको पहिरोमा परी स्थानीय टोककुमारी थापा मगरको मृत्यु भएको छ । इमेजखबरमा समाचार छ ।