ओखलढुंगा । ओखलढुंगाको माम्खा-९ स्थित सोलाघरको पहिरोसँगै ठोट्ने खोलामा आएको बाढीमा परी दुईजना बेपत्ता भएका छन् ।
पहिरोमा परी बेपत्ता हुनेमा माम्खा-९ का अविराज दाहाल र उनकी श्रीमती हर्कमाया दाहाल छन् । उनीहरु सुतिरहेहेकै अवस्थामा पहिरोमा परेका थिए ।
आइतबार राति परेको अविरल वर्षा र बाढीका कारण माक्खामा पाँचओटा पुल र पाँचओटा लघु जलविद्युत् आयोजना ध्वस्त भएका छन् । बाढीले ठोट्ने खोला किनारबाट करिब २ सय मिटर आसपासका भौतिक संरचना ध्वस्त भएका छन् ।
बाढीले ओडाहारे लघु जलविद्युत आयोजना, पहिरे लघुजलद्यिुत् आयोजना, चामल लघु जलविद्युत् आयोजना, रुम्जाटार सानो जलविद्युत् आयोजना र कलिबेली ओडाहारे लघु जलविद्युत् आयोजना पूर्ण रुपमा नष्ट भएका छन् ।
पाँचैओटा विद्युत् गृहहरु पूर्णरुपमा ध्वस्त भएपछि तीन गाविस तथा सिद्धिचरण नगर पालिकाका विभिन्न वडाका नागरिक अन्धकारमा परेका छन् । बाढीले माम्खा