बाराको कलैयामा भएको झडपमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु, दर्जन बढी घाइते, ५ गम्भीर

बारा  । बाराको कलैयामा मंगलबार भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका कलैया-१० रंगपुरका हिफाजत मिंया अन्सारीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो ।
बारामा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच विभिन्न ठाउमा झडप भएको छ । त्यसक्रममा स्थिातिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाउँदा कलैयामा दर्जनभन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये रामबाबु यादव, राजु अंसारी, किशोर पाण्डे र राकेशकुमार साहको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले मृतक अंसारीको शवलाई भरतचोकमा राखेर प्रदर्शन गरेका छन् ।
यस्तै, प्रदर्शनकारीको प्रहारबाट आधा दर्जनभन्दा बढी प्रहरी पनि घाइते भएको प्रहरीले बताएको छ ।
आन्दोलनकारीले बड्की फूलवरियाको प्रहरी चौकी, दक्षिण झिटकैंयाको प्रहरीचौकी र सिसहनिया चौकीको प्रहरी बिटमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रदर्शनकारीले परवानीपुरमा तेल बोकेको ना३ख ८७२१ नम्बरको ट्रकमा आगजनी गरेका छन् । इमेजखबरमा समाचार छ ।