महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा बुधबार विहानैदेखि तनाबग्रस्त छ ।
जलेश्वरको सिनेमा हल चौकमा डेरीको दुध लिएर जादै गरेको ज४प ६६२७ नम्बरको मोटरसाईकलमा तोडफोड गरिएको छ ।
प्रदर्शनकारीले जलेश्वरको जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिट जलाएका छन् भने पिपरामा रहेको इलाका प्रहरी कार्यालय खाली गराइएको छ ।
दुर्गाचोकमा प्रदर्शनकारीले ढुंगाप्रहार गर्न थाल्दा सुरक्षाकर्मीले चार सेल अश्रुग्यास प्रहार गरेको छ ।
जलेश्वरको जिरोमाइल, अस्पताल , सिनेमा हँल, शंकर, नगरपालिका, बस स्टेण्डसहितका चोकमा बिहानैदेखि टायर जलाएर प्रदर्शन भइरहेको छ ।
चोक चोकमा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती छ । पिपरामा सर्वसाधारणले इलाका प्रहरी कार्यालय घेराउ गर्दै खाली गराउन थालेका छन् ।
सहोडवामा तोकिएको प्रहरी कार्यालय पिपरामा राखिएको भन्दै खाली गराउन लागिएको स्थानीय रामलखन ठाकुरले बताए ।
मंगलबार साँझ भएको प्रदर्शन तथा ढुंगा प्रहार रोक्न सुरक्षाकर्मीले १४ सेल अश्रुग्यास तथा केही राउण्ड रबरको गोली प्रहार गर्दा दुबैतर्फका १२ भन्दा बढी घाइते भएका थिए । इमेजखबरमा समाचार छ ।