ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ-पाँचथर सडक खण्डका कयौं स्थानमा पहिरो जाँदा बिहीबार बिहानैदेखि यातायात अबरुद्ध भएको छ ।
राजमार्गको ताप्लेजुङ-काबेली सडक खण्डका विभिन्न स्थानमा पहिरो झर्दा ताप्लेजुङबाट पाँचथर, ईलाम झापा हुँदै धरानसम्म जाने साना तथा ठूला यात्रुवाहक तथा मालबाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।
सडक माथिबाट झरेको ठूलो पहिरोले ताप्लेजुङको खोक्से खोला छेउमा करिव २५ मिटर सडक पुर्दा तीन दर्जन बढी सवारीसाधन पहिरोको दुबैतर्फ रोखिएको सडक डिभिजन कार्यालय ताप्लेजुङले जनाएको छ ।
सडकमा खसेको पहिरो पन्छाउन एउटा मात्र स्काभेटर रहेकाले सडक खुलाउन आज दिनभर लाग्ने कार्यालयले जनाएको छ ।
बर्षासँगै पहिरो नरोकिँदा अबरुद्ध सडक खुलाउन समस्या भएको हो ।
पहिलो गएको स्थानमा नेपाल प्रहरी, ससस्त्र र नेपाली सेनाको टोली पुगे पनि मेसिनबाट मात्र बाटो खुलाउन सकिने भएकाले काम तिब्र रुपमा हुन सकेको छैन । इमेजखबरमा समाचार छ ।