तीन छोराछोरी लिएर माइत हिँडेकी एक महिलाको शव जंगलमा फेला परेको छ । रोल्पाको राँउस्थित लम्पाखा नजिकैको जंगलबाट शव फेला परेको हो ।
उनीसँगै उनका तीन छोराछोरीको पनि शव बरामद भएको छ ।
प्रहरीका अनुसार स्थानीय ३५ वर्षीया पबित्रा राना तथा उनकी १४ वर्षीया छोरी प्युमाली राना, १२ वर्षीय छोरा भिमबहादुर राना र ९ वर्षीय छोरा गणेश रानाको शव फेला परेको हो ।
प्रहरीका अनुसार माईत जान भनी हिडेका उनीहरु घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।
शव नजिकैबाट दुईवटा बिषादीको खाली बोटल पनि बरामद भएको ईलाका प्रहरी कार्यालय पाछावाङ रोल्पाले जनाएको छ । इमेजखबरमा समाचार छ ।