तीन दल कांग्रेस, एमाले र एमाओवादीले संयुक्त संशोधन प्रस्ताव दर्ता गराउने गरी चार दलको बैठक सकिएको छ।
शनिबार सिहदरबारमा सम्पन्न बैठकबाट बाहिरिदै नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले धर्मनिरपेक्षतामा नहट्ने तर ब्याख्या गरेर मिलाउने गरी सहमति भएको बताएका छन्।
आदिवासी जनजाति, मुस्लिम, मधेसी र थारू आयोगहरू बनाएर १० वर्षमा रिभ्यु गर्नेगरी सहमति पनि भएको उनले बताए।
यस्तै बाग्लुङलाई नटुक्रयाउने सहमति भएको छ। सीमांकनको विषय आयोग बनाएर आयोगले टुंग्याउने पनि नेपालले बताए। यस्तै थ्रेसहोल्ड पनि नरहने, संवैधानिक अदालतको सट्टा संवैधानिक बेन्च हुनेगरी सहमति भएको छ।
बैठकबाट बाहिरिएका एमाओवादी अध्यक्ष प्रचण्डले भने छोटो प्रतिक्रिया दिँदै कुरा अझै नमिलिसकेको बताए। कुरा मिलिसकेको छैन। पार्टीको स्थायी समितिको बैठकमा बसेर निर्णय गर्नुपर्छ।
यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग निरन्तर वार्ता गरेर सहमतिको प्रयास गरिने पनि नेपालले बताए।सेतोपाटीमा समाचार छ ।