विजयकुमार गच्छदार नेतृत्वको मधेसी फोरम लोकतान्त्रिकले तीन दलले पेलेर जान लागेको भन्दै प्रक्रियाबाट बाहिरिने

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले तीन दलले पेलेर जान लागेको भन्दै प्रक्रियाबाट बाहिरिने भएको छ।
हाम्रा कुनै पनि मागको सुनुवाइ भएन। तीन दलले एकलौटी रूपमा पेलेर जान खोजे त्यसैले भोलिदेखि नै हामी संविधान सभासहित सम्पूर्ण प्रकिया बहिष्कार गरेर आन्दोलनमा जान्छौ, लोकतान्त्रिक फोरमका नेता राम जनम चौधरीले बताए।
१६ बुँदेसम्म हामीले साथ दिएर संवैधानिक संविधान निर्माणका लागि हामीले साथ दिएपनि पेलेर जान खोजेकाले बाध्य भएर बहिस्कार गर्नुपरेको उनले बताए। सेतोपाटीमा समाचार छ ।