काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति शम्शेर राणालाई अपदस्थ गरेको दाबी गरेका छन् । उनीहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी राणालाई अपदस्थ गरी लोकेन्द्रबहादुर चन्दलाई पार्टी अध्यक्ष चयन गरेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा चन्दले दुई तिहाई सदस्यहरुले हस्ताक्षर गरी राणालाई अध्यक्षबाट हटाएको र आफुलाई अध्यक्षको जिम्मेवारी दिएको बताए । उनले राणाले आफुखुशी पार्टी चलाएका कारण केन्द्रीय सदस्यहरु बाध्य भई उनलाई हटाउने निर्णयमा पुगेको दाबी पनि गरे ।
राप्रपामा केही समययता विवाद बढेको थियो । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच दुई बर्ष पहिले पार्टी एकता हुँदा नेताहरुले एक-एक बर्ष अध्यक्षता गर्ने सहमति भएको थियो । तर उक्त सहमति पालना नभएको भन्दै चन्द पक्षले बिरोध गर्दै आएको थियो । इमेजखबरमा समाचार छ ।