ब्यारेजका ढोका पर्याप्त मात्रामा नखोलेका कारण सप्तकासी नदीले पूर्वी तटबन्धनमा कटान सुरु

सुनसरी, । भारतले सप्तकोसी ब्यारेजका ढोका पर्याप्त मात्रामा नखोलेका कारण सप्तकासी नदीले पूर्वी तटबन्धनमा कटान सुरु गरेको छ ।
पूर्वी पहाडी जिल्लाहरुमा लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको सतह बढेसँगै नदीले धार परिवर्तन गरी पूर्वी तटबन्धनमा कटान सुरु गरेको हो ।
मंगलबार सप्तकोसीमा आएको बाढीले सुनसरीको प्रकाशपुर गाविसस्थित राजाबास क्षेत्रको २६८८ स्परमा तीव्र कटान गरिरहेको छ । बाढीले पूर्वी तटबन्धनको तारजालीसहितको स्पर बगाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकार रविलाल पन्थ र जल सशांधान विभाग विहारका प्राविधिक टोलीले कटान क्षेत्रको अनुगमन गरेका छन् । सो क्षेत्रमा अहिले तारजाली बिच्छाएर पूर्वी तटबन्धन मर्मत गर्ने काम भइरहेको प्रजिअ पन्थले जानकारी दिए । इमेजखबरमा समाचार छ ।