विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही राउन्ड हवाई फायर, प्रहरीमाथि मट्टितेल छर्केर जलाउने प्रयास

विराटनगर  । मोरङको विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच बुधबार झडप हुँदा प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले रानी भन्सार चेकपोस्टमा आगजनी गरेका छन् भने चेकपोस्टका प्रहरी अधिकारीमाथि मट्टितेल छर्किएर आगो लगाउने प्रयास गरेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको मोरङका प्रहरी प्रवक्ता कुमुद ढुंगेलले जानकारी दिए ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपले मोरङको विराटनगर तनावग्रस्त बनेको छ । स्थिति असामान्य रहेकाले घटनस्थलमा पत्रकारलाईसमेत जान रोक लगाइएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले मकालु टेलिभिजनको को८प २२३९ नम्बरको मोटरसाइकलमा आगजनीसमेत गरेका छन् । इमेजखबरमा समाचार छ ।