युरोप प्रवेश गर्न लागेका सयौं आप्रवासीद्धारा हंगेरीको सीमामा तैनाथ सुरक्षाकर्मीहरुको घेरा तोड्न सफल

युरोप प्रवेश गर्न लागेका सयौं आप्रवासीले हंगेरीको सीमामा तैनाथ सुरक्षाकर्मीहरुको घेरा तोड्न सफल भएका छन् ।
हंगेरी हुँदै युरोप प्रवेश गर्न लागेका सयौं शरणार्थीलाई हंगेरी सुरक्षाबलले बिगत एक सातादेखि रोकी राखेकोमा उनीहरु प्रहरीको घेरा तोड्न सफल भएका हुन् ।
आफ्ना बालबालिकासहित हंगेरीको सीमामा रहेका उनीहरुले प्रहरी घेरा तोड्ने क्रममा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो ।
पछिल्लो समय २० हजार आप्रावासी हंगेरी हुँदै अष्ट्रिया र जर्मनी प्रवेश गरेका थिए ।
आप्रवासीहरुले युरोप प्रवेश गर्ने क्रममा हंगेरीको बाटो अपनाएपछि समस्यामा परेको हंगेरीले सीमामा सुरक्षा घेरा हाली आप्रवासीहरुलाई रोक्ने प्रयास गरेको थियो ।
यता ग्रीसको लेसबोस द्वीपमा रहेका २५ हजार आप्रवासीलाई खुला फुटबल मैदानमा स्थानान्तरण गरिएको छ । यो वर्ष मात्रै ३ लाख ४० हजार आप्रबासी युरोपका बिभिन्न मुलुक प्रवेश गरिसकेका छन् । (एजेन्सी)