सिराहाको लहानमा प्रहरी कार्यालयमा तोडफोड गरेपछि स्थिति तनावग्रस्त, कर्फ्यु अादेश जारी

सिराहाको लहानमा प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरीको कार्यालयमा तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको छ। 
जिल्ला प्रशासन कार्यालय सिराहाले स्थिति नियन्त्रणमा लिन १२ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु अादेश जारी गरेको छ। लाहान र आसपासको क्षेत्रमा कर्फ्यु अादेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
बिहिबार बिहान अाक्रोशीत प्रदर्शनकारीको भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड गरेको थियो। सेतोपाटीमा समाचार छ ।