संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले रुपन्देहीको मनैयास्थित अर्घाखाँची सिमेन्ट उद्योगमा तोडफोड गरेका छन् । तोडफोडबाट उद्योगको गार्डरुममा सामान्य क्षति भएको छ ।
आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेका हुन् । तोडफोड गर्दा गार्डरुमको सीसा फुटेका छन् भने सीसीटिभीमा पनि क्षति पुगेको उद्योग प्रशासनले जनाएको छ ।
भैरहवा-लुम्विनी सडकखण्डमा पर्यटकका गाडीहरुलाई प्रहरीले स्कोटिङ गरेर सञ्चालन गरे पनि विहीबार भने ठप्प छ । प्रदर्शनकारीले बिभिन्न स्थानमा सडक अबरुद्ध पारेर प्रदर्शन गरिहेका छन् । बुटवलका अन्लाईन संचारमाध्यममा उल्लेख गरिएको छ ।