रौतहट । बाराको मनहर्वा गाबिस-५ श्रीपुरमा शनिबार बिहान आन्दोलनकारीले ३ वटा चिनी लोड भएको ट्रकमा आगजनी गरेका छन् ।
सदरमुकाम कलैयाबाट ७ किलोमिटरको दुरीमा रहेको श्रीपुर स्थित रिलायन्स सुगर एण्ड केमिकल ईन्ड्रस्टिजबाट चिनी लोड गरि काठमाडौ तर्फ लैजान लागेको ना ५ ख २९९५, ना ५ ख ८७६१ र ना ४ ख २९२७ नम्बरको ट्रकमा आगजनी गरेका हुन ।
आगजनीबाट दुईवटा ट्रक पुर्णरुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उद्योगवाट ५ सय मिटर उत्तर कलैया पिलुवा सडक खण्डमा ३०/४० जनाको संख्यामा रहेका संयुक्त मधेशी मोर्चाका आन्दोलनकारीले ट्रक चालकलाई बाहिर निकालेर कुटपिट गरि ट्रकमा पेट्रोल छर्की आगजनी गरेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।