फेरि बर्दिया बन्द

बर्दिया  । कैलालीको घटनाका सन्दर्भमा पक्राउ परेका थरुहट कार्यकर्ताको रिहाई गर्न माग गर्दै थरुहट संघर्ष समितिले शनिबार देखि फेरि बर्दिया बन्दको घोषणा गरेको छ ।
निरन्तरको बन्दले स्थानीय मारमा परेको भन्दै भदौ २२ देखि २६ गतेसम्मका लागि बन्द फिर्ता गरिएको भएपनि फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु, थरुहट संघर्ष समिति कैलालीका जिल्ला संयोजक लाहुराम थारुलाई प्रहरीले पक्रेपछि उनीहरुको रिहाईको माग गर्दै बर्दिया बन्द घोषणा गरिएको हो । इमेजखबरमा समाचार छ ।