राप्रपार्टी नेपाल संविधान निर्माणको प्रक्रियामा सामेल हुने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संविधान निर्माणको प्रक्रियामा सामेल हुने भएको छ।
पार्टीको शनिबार बसेको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियामा पार्टी सहभागी हुने भनी अध्यक्ष कमल थापाले राखेको पहिलो प्रस्ताव सर्वसम्मतले पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिएका छन्।
गत बुधबार संविधान निर्माणको जारी प्रक्रियालाई बहिस्कार गर्ने निर्णय गरी प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपाललाई तीन दलले वार्ताका लागि पत्र नै पठाएर आग्रह गर्दै आएका थिए।
संविधानसभाबाटै आफ्ना मागहरु पूरा गराउन सशक्त रुपले लाग्ने निर्णय सहित संविधान निर्माण प्रक्रिया बहिस्कारको निर्णय पार्टीले फिर्ता उनले जनाएका छन्। नागरिकन्युजमा समाचार छ ।