एक महिनादेखि लगातार बन्द हुँदै आएका नवलपरासीको परासीका शैक्षिक संस्था खुले

एक महिनादेखि लगातार बन्द हुँदै आएका नवलपरासीको सदरमुकाम परासीका शैक्षिक संस्था आइतबारबाट खुलेका छन् ।
लामो समयको बन्दले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै चौतर्फी दबाब परेपछि आन्दोलनरत पक्षले विद्यालय संचालन गर्न दिएका हुन् ।
परासी क्षेत्रमा ३७ दिनदेखि विद्यालयको पठनपाठन ठप्प थियो । आन्दोलनरत पक्षले बिहान विद्यालय खोल्न भनेका छन् । त्यसै अनुसार सदरमुकाम र दक्षिणभेगका सबै विद्यालयमा बिहान ७ देखि ११ बजेसम्म पढाई सञ्चालन गरिएको छ ।
आन्दोलनरत पक्षले पढाई संचालन गर्न दिए पनि स्कुल बस भने चल्न दिएका छैनन् । यसबाट टाढाका विद्यार्थी समस्यामा परेका छन् ।
प्रदेश सीमांकनप्रति असहमत अखण्ड नवलपरासी संघर्ष समितिले गत साउन २५ देखि बन्द गर्दै आएकोमा गत साउन २७ देखि मधेश केन्द्रित दलले पनि बन्द गर्दै आईरहेका छन् । इमेजखबरमा समाचार छ ।