संविधान जारी भएपछि पनि सहमति खोज्न सकिने : प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरलाले संविधान जारी भएपछि पनि सहमति खोज्न सकिने बताएका छन्।
SETOPATI
आइतबार संविधानसभाको मस्यौदामाथि दफादार छलफलमा भाग लिँदै प्रधानमन्त्री कोइरालाले असन्तुष्ट रहेका दलहरूलाई सहमतिमा आउन आग्रह गर्दै संविधान जारी भएपछि पनि सहमति खोज्न सकिने बताएका छन्।
(प्रधानमन्त्री सुशील कोइरालाले संविधान सभा भवन वानेश्वरमा बसेको संविधान सभाको बैठकमा दिएको संबोधनको पूर्ण पाठ।)
 
संविधान सभाका सम्माननीय अध्यक्षज्यू,
 
देश आज अत्यन्त गंभीर र महत्वपूर्ण राजनैतिक परिस्थितिमा उभिएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान बनाउने यो ऐतिहासिक क्षणमा आईपुग्दा म झण्डै सात दशक लामो लोकतान्त्रिक आन्दोलनका सहिदहरु र दुःख बेहोरेको लाखौं नेपाली जनताहरुको संघर्षपूर्ण योगदानलाई संझिन चाहन्छु ।
 
जननायक वी.पी.कोइराला यस अवसरमा हाम्रो संझनामा हुनुहुन्छु । श्रद्धेय गणेशमान सिंह, सुवर्ण समशेर जवरा,पुष्पलाल, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी जस्ता नेताहरु हाम्रो संझनामा हुनुहुन्छ ।
 
यस ऐतिहासिक अवसरमा २०६२