नेपालमा बोलिने सबै भाषाहरु मातृभाषा हुने भन्ने धारा संविधानसभाबाट पारित ! नेपाली भाषा सरकारी कामकाजको भाषा हुने

नयाँ संविधानको परिमार्जित विधेयकको धारा ६ र धारा ७ पारित मुख्य तीन दलको संशोधनसहित पारित भएको छ। परिमार्जित विधेयकको धारा ६ मा नेपालमा बोलिने सबै भाषाहरु मातृभाषा हुनेछन् भन्ने उल्लेख छ। यस्तै धारा ७ मा सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था छ।
यो धाराको उपधारा १मा  देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ लेखिएको छ।
यस्तै उपधारा २मा कुनै प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने भाषालाई प्रदेशले सरकारी कामकाजको भाषा तोक्न सक्ने व्यवस्था गरिएको छ।
यी दुवै धाराहरु संशोधन सहित पारित भएका छन्।
संशोधित धारा
धारा-६
क्रम संख्या २ मा वित्तीय संस्था भन्ने शब्दहरुको सट्टा नेपाल राष्ट्र बैंकको नीतिअनुरुपवित्तीय संस्थाहरुको सञ्चालन भन्ने शब्दहरु राख्ने ।
क्रम संख्या ४ मा पारिश्रमिक कर,  र  अन्तःशुल्क, भन्ने शब्दहरु झिक्ने ।
धारा-७- क्रम संख्या १० मा नियन्त्रण  भन्ने शब्दको सट्टा  व्यवस्थापन भन्ने शब्द राख्ने ।
क्रम संख्या ११ मा औद्योगिकविवाद, मजदूरका