नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को ४ भाग र ५७ धारा पारित

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को ४ भाग र ५७ धारा पारित गरेको छ। 
सोमबार तीन पटक (बिहान ११, दिउँसो साढे २ र साँझ ५ बजे) बैठक बसेको थियो। 
यसअघि हिजोको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो। संविधानको विधेयकमा ३०२ धारा र ९ अनुसूची छन्। सेतोपाटीमा समाचार छ ।