३३ दलीय राष्ट्रिय मोर्चा नेपालले संविधानसभावाट जारी हुने संविधानको समर्थन गर्ने

काठमाडौं  । ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले संविधानसभावाट जारी हुने संविधानको समर्थन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उनीहरुले लोकतान्त्रिक संविधान अहिलेको आवश्यकता भएकाले मोर्चाले समर्थन गर्ने जनाएका हुन् ।
मोर्चाले जारी हुन लागेको संविधानप्रति आफ्नो विमति भए पनि राष्ट्रिय आवश्यकता भएकाले संविधानको समर्थन गरेको हो ।
प्रधानमन्त्री कोइरालाले सबैको साझा संविधान जारी हुने भएकाले समर्थनका लागि मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।
३३ दलीय मोर्चामा राष्ट्रिय एकता मञ्च, जनमोर्चा नेपाल, नेपाल समता पार्टी, नेपाल दलित पार्टीलगायत छन् । इमेजखबरमा समाचार छ ।