३ गते संविधान घोषणाको अवसरमा देशवासीलाई दिपावली गर्न अपिल गरेका कांग्रेस, एमाले र एमाओवादीले ४ गते राजधानीमा संयुक्त र्याली र सभा गर्ने भएका छन् ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले संयुक्त सभा गर्नेबारे तीन दलमा सहमति भएको बताए । संविधान निर्माणलाई तीनै दलले राष्ट्रिय विजयका रुपमा व्याख्या गरेका छन् । तीन दलका बीच सहमति भएको छ, अरु दल पनि यसमा थपिन सक्छन्, महराले भने ।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटाैलाले तीन दलले संयुक्त र्याली र सभा गर्ने तयारी भइरहेको बताए । सभाको समय र स्थान टुंगो लाग्न बाँकी छ, उनले भने ।
यसअघि तीन दलको बैठकले संयुक्त सभाबारे टुंगो लगाउने जिम्मा कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भीम रावल र महरालाई जिम्मा दिएको थियो । ईकन्तिपुरमा समाचार छ ।