सरकारद्धारा संविधान जारी भएको खुसीयालीमा दुई दिन सार्वजनिक बिदा दिदै घरघरमा दीपावली गर्न सर्वसाधारणलाई आह्वान

काठमाडौं  । संविधान जारी भएको खुसीयालीमा सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले सार्वजनिक बिदाका दुवै दिन सरकारी कार्यालयसहित घरघरमा दीपावली गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।
बैठकले अधिकार सम्पन्न बागमती संरक्षण समितिको अध्यक्षमा किशोर शाक्यलाई नियुक्त गरेको छ । त्यस्तै विश्वकर्मा पूजाका दिन असोज १ गतेलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णयसमेत बैठकले गरेको छ । इमेजखबरमा समाचार छ ।