धरानमा नयाँ संविधानलाई भव्य स्वागत गरिने भएको छ। सत्तारुढ दलका नगर तथा क्षेत्रीय समितिले नेपालको नयाँ संविधानलाई भब्य स्वागत गर्ने भएको हो।
नेपाली कांग्रेस, एमाले र एमाओवादीले नयाँ संविधान घोषणा भएको दिन घर-घरमा र चोक-चोकमा दिप प्रज्वलन गर्ने निर्णय गरेको छ। असोज ४ गते धरानको भानुचौकमा नयाँ संविधानको भव्य स्वागत गर्नको लागि वृहत सभा गर्ने भएको कांग्रेस १ नम्बर क्षेत्रीय समितिका सचिव सुजेन्द्र गोलेले बताए।
उनका अनुसार धरानको घर-घरमा दिप प्रज्वलन हुने छ भने चोक चोकमासमेत दीप प्रज्वलन गराइने भएको छ। त्यसको भोलीपल्ट अर्थात असोज ४ गतेसमेत चोक चोकबाट नयाँ संविधानको स्वागतका लागि र्याली निकालिने उनले. बताए।
तीन पार्टीका कार्यकर्ताहरुसमेत त्यस दिन आफ्ना कार्यकर्ताहरुलाई ह्विप जारी गरी दिप प्रज्वलन गर्न लगाइने एमाओवादीका नगर इन्चार्ज रामबहादुर सुब्बाले बताए। एमालेको जिम्मा जिल्ला सदस्य रमेश बस्नेतलाई दिइएको छ। त्यस दिनलाई भव्य स्वागत गर्नको लागि तीनदलले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेका हुन्। सेतोपाटीमा समाचार छ ।