राष्ट्रपति यादवले संविधान घोषणा समारोहमा राष्ट्रका नाममा सम्बोधन गर्ने ! संविधानमा हस्ताक्षर गर्न छुटेका सभासदहरुलाई आइतबार अपराह्न ४ बजेसम्मको समय

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा समारोहमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति यादवले आइतबार संविधानसभा भवनमा नेपालको संविधान २०७२ घोषणा समारोहमा सम्बोधन गर्ने भएका हुन् ।
यस्तै, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा हस्ताक्षर गर्न छुटेका सभासदहरुलाई आइतबार अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।
असन्तुष्ट दलका सभासदहरुलाई संविधान घोषणा हुनु एक घन्टाअघिसम्म हस्ताक्षर गर्न समय दिइएको हो ।
सन्चारकर्मीहरुसँग शनिबार सिंहदरबारमा कुरा गर्दै अध्यक्ष नेम्वाङले हस्ताक्षरका लागि आइतबार अपराह्न ४ बजेसम्म संविधानका प्रतिहरु खुलै राखिने बताए । 
उनले कुनैपनि बेला आएर संविधानसभा सचिवालयमा नयाँ संविधानमा हस्ताक्षर गर्न सक्ने बताए । इमेजखबरमा समाचार छ ।