राष्ट्रपतिले रामवरण यादवले आइतबार संविधानसभा भवनमा आयोजित विशेष समारोहबीच नेपालको संविधान-२०७२ जारी गरेपछि खुशीयाली मनाइएको छ। संविधान जारी भएलगत्तै देशका विभिन्न स्थानमा र्याली र दीपावली गरिएको छ।
नेपाल बाहिर समेत संविधानको खुशीयाली मनाइएको छ। भारतको दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा दुतावासका अधिकारीसहित नेपालीहरुले नाचगानसहित खुशीयाली मनाएका थिए।
त्यस्तै, हङकङमा रहेका नेपालीहरुलेसमेत नयाँ संविधानको स्वागतमा दीपावली गरेका छन् । ईकन्तिपुरमा समाचार छ ।