दाङमा जनसागर उर्लियो, नयाँ संविधानको भव्य स्वागत

आईतबार बेलुका जब संविधानसभावाट संविधान जारी हुँदै थियो त्यति वेला दाङका प्रमुख सहरहरुमा संविधानको पक्षमा जनसागर उर्लियो। जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलहदेखि, नागरिक समाज, अधिकारकर्मी, उद्योगी व्यापारी, नगर जेसिज, कानुन व्यवासायी, टोलविकास संस्था र विभिन्न संघसंस्थाहरु एकाकार भएर संविधानको पक्षमा दीपावली गरे।
 
तुलसीपुर,घोराही,लमही र भालुवाङका हरेक चौकहरुमा दीपावली गरिएको छ। संघसंस्थाहरुले दीपावली गर्ने चौक पाउनै मुस्किल थियो। शहर वजारमा मात्रै हैन गाउँ/गाउँ र चौतारोहरुमा समेत यहाँ नयाँ संविधानको भव्य स्वागत भएको छ।
 
मानव सागर उर्लिएर संविधानको पक्षमा नारावाजी गरेरहेका थिए। खुसियालिमा अर्थात नयाँ संविधानको पक्षमा मानिसहरुले हुटिङ गर्दा बजार पुरै गुञ्जायमान भएको थियो। के हिमाल,के पहाड, के तराई सबै हामि नेपाली भन्ने नाराहरु घन्किएका थिए।
 
राष्ट्रिय भावनाले ओतप्रोत स्वेदेशि गितहरु चौकचौकमा बजार सर्वसाधरण नाचि रहेका थिए। दाङवासीले नयाँ संविधानको भव्य स्वागत मात्रै गरेनन् उनीहरुले असन्तुष्ट पक्षलाई वार्ता र सम्वाद मार्फत समस्या समाधान तर्फ लाग्न आग्रह पनि गरेका छन्।
 
६५ वर्ष पछि जनताका प्रतिनीधिले संविधान बनाउनु जस्तो ऐतिहासिक घटनाक्रम मुलुकमा विलरै आउने भन्दै दाङवासीले सोमवार समेत र्‍यालि र दीपावलीगर्ने जनाएका छन्। सेतोपाटीमा समाचार छ ।