नयाँ संविधान जारी भएको भोलीपल्टै देशका विभिन्न स्थानमा बम फेला परेको छ ।
सोमबार बिहान खोटाङको दिक्तेलस्थित उद्योग बाणिज्य संघका अध्यक्ष राजु लयालुको घरमा फेला परेको वम सेनाको वम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।लयालुको घरको बरन्डामा तार जोडिएको प्लाष्टिकको पोका भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
शेर गण मुडेका नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद बस्तुको अनुसन्धान गर्दा डेटोनेटर बम रहेको देखिएपछि सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गराएको हो । शंकास्पद बस्तु भेटिएपछि प्रहरीले नेपाली सेनालाई खबर गरेका थिए ।
उता, कैलालीको लम्की बजारमा सोमबार बिहान बम विष्फोट भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर २ थकालीपुरको