काठमाडौं, असोज ४ । नयाँ संविधान घोषणा भएलगत्तै देशभर खुसियाली मनाइँदै छ । राजधानी काठमाडौंलगायत देशभर संविधान घोषणाको स्वागतमा प्रदर्शन भइरहेका छन् ।
संविधानको स्वागत गर्दै नागरिक पनि खुसियाली साट्न सडकमै पुगेका छन् ।
सोमबार नयाँ संविधान जारी भएको खुसियालीमा राजधानीको टुँडिखेलमा सरकारले आह्वान गरेको विजयसभामा सहभागी हुन प्रमुख तीन राजनीतिक दल, नेपाल प्रहरी, नेपाल स्काउटलगायतका र्याली, बागागाजा र झाँकीसहित पुगेका थिए ।
सभामा सहभागी हुन नेपाली कांग्रेसले राजधानीको रत्नपार्कस्थित शान्तिवाटिका, एमालेले बागबजार र एकीकृत माओवादीले भृकुटीमन्डपबाट र्याली निकालेका थिए ।