काठमाडौं । धादिङलाई केन्द्रबिन्दु बनाएर मंगलबार ४.५ म्याग्नेच्यूडको पराकम्पन गएको छ । तसर्पु गाविस नजिकै पृथ्वी राजमार्ग आसपास केन्द्रबिन्दु बनाएर दिउँसो १२ बजेर १७ मिनेटको समयमा ४.५ म्याग्नेच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राजधानीमा समेत पराकम्पन महसुस गरिएको छ ।
गत वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्पन आउने क्रम जारी छ । वैशाख १२ यता ४ म्याग्निच्यूडभन्दा माथिका ३९६ पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइतबार बिहान ४ः०५ बजे दोलखालाई केन्द्रबिन्दु बनाएर पछिल्लो पटक ४ म्याग्निच्यूडको पराकम्पन गएको थियो । इमेजखबरमा समाचार छ ।