भारतले नयाँ संविधानप्रति असन्तोष जनाउँदै विज्ञप्ति निकालेपछि ट्विटर प्रयोगकर्ताद्धारा ब्यापक आलोचना #BackOffIndia

भारतले नेपालको नयाँ संविधानप्रति असन्तोष जनाउँदै विज्ञप्ति निकालेपछि ट्विटर प्रयोगकर्ताले ब्यापक आलोचना गरेका छन्। 
भारतले आफ्नो कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो।
संविधान जारी भएको २४ घण्टा नबित्दै भारतले लगातार दुई विज्ञप्ति निकालेर आफ्नो असन्तुष्टि जनाएको थियो।
अहिले ट्विटरमा नेपालमाथिको हस्तक्षेप रोक्न भारतलाई आह्वान गर्दै ह्यासट्याग #BackOffIndia चलाएका छन्।
यो समाचार तयार पार्दा नै वर्ल्डवाइड ट्रेन्डिङमा ह्यासट्याग परेको छ। सेतोपाटीमा समाचार छ ।