भारतबाट कुनै प्रकारको रोक नलागेको भारतीय भन्सारको भनाई, चेकजाँचको प्रक्रियालाई कडाई

नेपालमा हुने निकासीमा भारतबाट कुनै प्रकारको रोक नलागेको रक्सौलस्थित भारतीय भन्सारले जनाएको छ।
रक्सौल भन्सारका असिस्टेन्ट कलेक्टर कमलेश कुमारले भने, हामीलाई माथिबाट नेपाल जाने समानहरूमा कुनै रोक लगाइएको छैन्। यरिङ्ग एजेन्टहरु सुरक्षाको कारण नआएकोले सामग्रीहरुको निकासीमा कमी आएको हो।
नेपाली भन्सारका अधिकारीहरूसँग आज बिहनै कुरा भएको छ, उनले भने, हामी काम गरिरहेका छौ। बिहारको चुनाव र मधेसको अवस्था हेरेर सूरक्षाकर्मीले चेकजाँचको प्रक्रियालाई कडाई मात्रै दिइएको छ।
उनले भने जस्तै नेपालको मुख्य नाका वीरगन्जसँग जोडिएको सिमावर्ती शहर रक्सौलमा भारतीय सूरक्षाकर्मी चेकजाँचमा कडा गरेको देखिएको छ।
मगंलबार बिहानदेखि नेपाल आउजाउ गर्ने सवारी साधन तथा सर्वसाधारणलाई रोकेर व्यापक रुपमा चेकजाँच गर्न थालिएको हो। रक्सौल वीरगन्ज नाका बाहेक अन्य क्षेत्रमा भारतीय सीमा सुरक्षा वल (एस एस बि)ले आवत जावतमा कडाई गरेको हो।
नेपालको मुख्य नाकामा भारतीय पक्षले गरिरहेको चेकजाँच हदैसम्म भएको रक्सौल दैनिक जागरणका सम्बाददाता बिजयबहादुर गिरीले बताए। गिरीले भने, बिहार विधान सभाको चुनाव छ, नेपालले पनि मधेसको आन्दोलनमा भारतीय घुसपैठ भइरहेको आरोपलाई पनि मध्यनजर गरेर चेकजाँच भइरहेको छ।
सवारी साधनको कागजपत्र चेकजाँचसगै नेपाल आवत जावत गर्ने सबै सवारीहरुलाई ४ ठाउँमा चेकजाच भइरहेको छ। मधेस आन्दोलन पछिका ४० दिनको बन्दीमा २६ प्रज्ञापनहरु पेट्रोलियम तथा सामानहरु लिएर नेपाल गएको भारतीय पत्रकार गिरीको भनाई रहेको छ ।
यसबाट औसत साढे २ सय गाडी पैठारी हुँदै आएको थियो। अबदेखि भइरहेको चेकजाँचको अवस्थाले  ७०-८० ट्रक निकासी हुनेमात्र रहेको छ। सेतोपाटीमा समचार छ ।