काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतले नाकाबन्दी गरेपनि सामाना गर्ने तर नझुक्ने बताएका छन् ।
एमाओवादी नेता गोपाल किरातीको पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै दाहालले नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भने एकजुट भएर सामाना गर्ने तर स्वाभिमान झुक्न नदिने बताए ।
भारतसँग असमझदारी बढाउने वा द्धन्द्ध गर्ने पक्षमा आफूहरु नरहेको भन्दै उनले भने- हाम्रो स्वाभिमान र आत्मसम्मानमा प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न तयार छौं ।
सोही कार्यक्रममा सहभागी भारतीय वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले